२८ जेठ, बुटवल । प्रहरीको भ्यानले ठक्कर दिंदा दाङमा एकजनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटियामा बिहीबार राति १२ बजेतिर भएको दुर्घटनामा अन्दाजी ३५ वषर्ीय पुरुषको मृत्यु भएको हो ।
भे १ प ८४२२ नम्बरको मोटरसाइकलमा सवार उनलाई प्रहरीको लुअच ५३३४ नम्बरको भ्यानले ठक्कर दिँदा उछिट्टएिर विद्युतको पोलमा टाउको ठोक्किंदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार प्रहरीको उक्त नयाँ गाडी काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय बाँकेतर्फ लैजाँदै गरेको अवस्थामा उक्त दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक भुवन भट्टले मृतकको पहिचान खुलिनसकेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4