+
+
Shares

पुनर्बहाली भएका सांसदले दलको ह्वीप मान्नुपर्छ : यामलाल काँडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २८ गते १८:२५

२८ जेठ, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएका सांसदहरुले दलको ह्वीप मान्नुपर्ने बताएका छन् ।

शुक्रबार बसेको कर्णाली प्रदेश प्रदेशसभाको बैठकमा बोल्दै नेता कँडेलले संसदमा सहभागी सदस्यले दलको ह्वीप बमोजिमको आचरणमा बस्नुपर्ने बताएका हुन् ।

‘संसदमा दुईवटा एमाले छैन र हुँदैन, मन लागेको ठाउँमा बस्न पाउने दलीय व्यवस्था छैन, त्यो अभ्यास शोभनीय पनि छैन,’ नेता कँडेलले भने, ‘अदालतको फैसलाले पुनर्बहाली गरिसकेपछि दलको ह्वीप मान्नुपर्ने हुन्छ, सोही बमोजिमको आचरणमा बस्नुपर्ने हुन्छ ।’

फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका माधवकुमार नेपाल पक्षका सांसद प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाइई नेकपा एमालेले कारबाही गरेपछि सांसद पदबाट पदमुक्त भएका थिए । तर त्यसविरुद्धको रिटमा सर्वोच्च अदालतले बिहीबार सुनुवाइ गर्दै उनीहरुको प्रदेश सांसद पद थमौती गरिदिएको थियो ।

ती चार सांसदमध्ये प्रकाश ज्वालाबाहेक अरु प्रदेश सरकारमा मन्त्री छन् । कुर्मराज शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र अम्मरबहादुर थापा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री छन् ।

शुक्रबारको बैठकमा नेता कँडेलले कर्णालीको संसदीय दलमा संरचना बदलिएको बताए । ‘अदालतको निर्णय प्रति हामीले सम्मान गर्नुपर्छ, तर संसदभित्र दुईवटा एमाले हुनु हुँदैन,’ उनले भने, ‘दलीय आचरण मान्नु सांसदहरुको कर्तव्य हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?