+
+

निषेधाज्ञामा होटल खोलेको भन्दै सञ्चालकलाई ४ लाख जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३० गते १६:५८
फाइल तस्वीर

३० जेठ, काठमाडौं । निषेधाज्ञाको समयमा होटल खोलेको भन्दै प्रशासनले सञ्चालकलाई जरिवाना तिराएको छ ।

निषेधाज्ञाको समयमा होटल खोलेको आरोपमा त्रिपुरेश्वरस्थित युनाइटेड विजनेश होटलका सञ्चालक अश्विल श्रेष्ठलाई ४ लाख रुपैयाँ जरिवाना तिराइएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार होटलमा सेवाग्राहीको रुपमा गएर हो–हल्ला गर्ने थप ८ जनालाई पनि जरिवाना तिराइएको छ । उनीहरुलाई १५ हजार रुपैयाँको दरले जरिवाना तिराइएको हो ।

यसअघि तोकिएको समयभन्दा बाहिर पनि स्टोर खोलेको भन्दै कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्टर स्टोरका म्यानेजरलाई पनि जरिवाना तिराइएको थियो ।

प्रशासनले लगाएको निषेधको आदेश उल्लंघन गरे व्यक्तिलाई १ लाख र संस्थालाई ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ । आइतबार उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले फेरि एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?