+
+

धनगढीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु, दुई जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३१ गते १२:४०

३१ जेठ, धनगढी ।  धनगढीमा मोटरसाइकलले ठक्कर दिंदा साइकल यात्रीको मृत्यु भएको छ । आइतबार साँझ धनगढीको चौराहामा से ५ प २६७१ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा घाइते भएका साधुराम डगौराको मृत्यु भएको हो ।

भजनी नगरपालिका–१ का साइकलयात्री डगौराको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–६ का २२ वर्षीय मोहनप्रसाद जोशी र २२ वर्षीय माधवप्रसाद भट्ट गम्भीर घाइते भएको उनले बताए । दुवै जनाको धनगढीको निसर्ग अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?