+
+
Shares

पुराना छायांकार प्रधानको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३१ गते १३:४६

चलचित्र छायांकार राम शंकर प्रधानको निधन भएको छ । लामो समयदेखि डायलासिस गराउँदै आएका ७२ वर्षिय प्रधानको आईतबार राती वीर अस्पतालमा निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए ।

प्रधानले ‘चलचित्र’, ‘फेररि तिम्रो याद आयो’, ‘त्रिनेत्र’ ‘अजम्बरी नाता’ लगायत दर्जनौं नेपाली चलचित्र खिचेका छन् ।

प्रधानको निधनले प्राविधिकमा मात्र नभई समग्र चलचित्र क्षेत्रमा क्षती पुगेको प्राविधिक संघका अध्यक्ष लामाले बताए । प्रधानको सोमबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । स्वर्गीय प्रधानका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?