+
+
Shares

रुपन्देहीमा केही खुकुलो बनाएर असार ७ गतेसम्म निषेधाज्ञा थपियो

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३१ गते १८:००
फाइल तस्वीर

३१ जेठ, काठमाडौं । रुपन्देहीमा असार ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीडीएमसी) को बैठकले गरेको निर्णयको आधारमा केही खुकुलो बनाएर असार ७ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा लब्याइएको हो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार कोरोना भाइरस संक्रमण नियन्त्रणमा आइनसकेकाले निषेधाज्ञा जारी राखिएको जनाएको छ ।  निषेधाज्ञा अवधिमा तरकारी, फलफूल, दूध डेरी तथा माछा–मासु पसल बिहान ५ बजेदेखि ८ बजेसम्म खोल्न पाइनेछ ।

यस्तै अन्य व्यवसाय बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?