Comments Add Comment

गोरखामा खोलाले बगाएर एक जना बेपत्ता

१ असार, गोरखा । आरुघाट गाउँपालिका-२ ढोडेनीस्थित ठेटनेरी खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बर्दिया घर भई हाल गोरखा बस्दै आएका ३८ वर्षीय गोविन्द चौधरी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

अन्य दुई साथीसहित आरुघाट गाउँपालिका कटुन्जेस्थित साहुको घरमा जाने क्रममा चौधरीलाई खोलाले बगाएको डीएसपी प्रकाश दाहालले बताए । ‘उनीहरु मिस्त्री काम गर्ने रहेछन्, साहुको घरमा जाँदै गर्दा खोला तर्ने क्रममा चौधरीलाई बगाएछ,’ उनले भने ।

स्थानीयको सहयोगमा मान्वु प्रहरी चौकीबाट खटिएको टोलीद्वारा उनको खोजी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment