News Summary
Generated by OK AI. Editorially reviewed.- बाह्रबिसे नगरपालिकाले भोटेकोशी बाढीपीडितलाई जनही रु एक लाख १५ हजार राहत दिने भएको छ ।
- नगरपालिकाका अनुसार बाह्रबिसेमा स्थायी घर भएका ६१ जना बाढीबाट प्रभावित छन्, जसमध्ये एक जनाको शव फेला परेको छ र ६० जना बेपत्ता छन् ।
- नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले राहत विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराइने बताए ।
१७ भदौ, सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकाले भोटेकोशी बाढी पीडितलाई जनही रु एक लाख १५ हजार राहत दिने भएको छ ।
बाह्रबिसेमा स्थायी घर भएका नागरिकको परिवारलाई उक्त राहात प्रदान गरिने भएको हो । बाढीबाट यस नगरपालिकाका ६१ जना नागरिक प्रभावित छन् ।
तीमध्ये एक जनाको शव फेला परेको छ भने ६० जना बेपत्ता छन् । नगरपालिकाले उक्त राहत विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउन लागेको नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताए।
बाढीमा बेपत्ता भएपछि परिवारमा घरको मुख्य आम्दानी गर्ने व्यक्ति नै सम्पर्कविहीन भएकाले परिवारको अवस्था थप कठिन बनेको बस्नेतले जानकारी दिए। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4