Comments Add Comment

खोप आपूर्ति बढाउन फाइजरलाई बोल्सोनारोको आग्रह

१ असार, काठमाडौं । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले अमेरिकी खोप निर्माता फाइजरसँग कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप आपूर्ति बढाउन आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सुस्त गतिमा चलिरहेको खोप कार्यक्रमलाई तीव्रता दिनका लागि ब्राजिलका राष्ट्रपतिले थप खोपको माग गरेका हुन् ।

कोरोना खोपको माग गर्दै बोल्सोनारोले गरेको आग्रहलाई अर्थपूर्ण रुपमा दिइएको छ । बोल्सोनारोले यसअघि फाइजरले खोपको लागि गरेको प्रस्ताव अस्वीकार गरेका थिए ।

ब्राजिलको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार बोल्सोनारोले फाइजर ब्रासिल र फाइजर ल्याटिन अमेरिकाका सीईओसँग यस विषयमा छलफल गरेका थिए । फाइजर ब्रासिलले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

बोल्सोनारो यसअघि खोपको विपक्षमा उभिँदै आएका थिए । उनले खोपको विरुद्धमा प्रचार गर्ने, लकडाउन र भौतिक दूरीको नियम नमान्ने र कोरोना संक्रमितको उपचारको लागि हाइड्रोक्सिक्लोरोकिनको प्रयोगको लागि मानिसलाई प्रेरित गर्दै आएका थिए । जबकी हाइड्रोक्सिक्लोरोकिनले कोरोना निको पार्ने र प्रभावकारी रहेको कुनै प्रमाण पाइएको छैन ।

ब्राजिललले गत मार्च महिनामा फाइजरसँग १० करोड डोज कोरोना खोपको लागि सम्झौतामा हस्ताक्षर गरेको थियो । अप्रिलको अन्तिममा उक्त सम्झौताको पहिलो खेप ब्राजिलले पाएको थियो ।

कम्पनीसँग गत मे महिनामा ब्राजिललले थप १० करोड डोज कोरोना खोपको सम्झौता गरेको थियो । यसवर्षको चौथो त्रैमासमा उक्त खोप आपूर्ति हुने सम्झौतामा उल्लेख छ ।  एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment