+
+

‘धितोपत्र बोर्डले जोखिमयुक्त भन्दै कम्पनीको नाम नै तोक्नु गलत’

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १ गते १९:४७

१ असार, काठमाडौं । नेपाल धितोपत्र पत्र बोर्डले मंगलबार सार्वजनिक गरेको जोखिमयुक्त ५१ कम्पनीको विवरणबारे सेयर बजारका विश्लेषक रवीन्द्र भट्टराईले गलत भएको प्रतिक्रिया दिएका छन् । धितोपत्र बोर्डले सेयर बजारमा इन्साइडर ट्रेडिङ साथै कर्नरिङ हुने गरेको बताएको छ ।

अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ५१ वटा कम्पनीको नाम नै तोकेर बोर्डले यी कम्पनीहरुमा लगानी गर्नु जोखिमयुक्त हुने बताएको छ । यसरी नियामक निकायले नाम नै तोकेर यो कम्पनीमा लगानी गर भन्नु गलत भएको उनले बताएका छन् ।

सेयर बजारमाबारे थुप्रै खोज गरेका र पुस्तकहरु लेखेका विज्ञ भट्टराईले बोर्ड एउटा रेफ्रि भएको र रेफ्रिले यो टिमले जित्छ भनेर घोषणा गर्दा पारदर्शी खेल नहुने बताएका छन् । ‘रेफ्रिले नै यो टिमले जित्छ र यो टिमले हार्छ, यो टिममा बाजी थाप भन्छ भने त्यो खेलको पारदर्शिता कति होला ?’ भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘धितोपत्र बोर्डमा दानव नृत्य चलिराछ ।’

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले नियामक निकायले खोज अनुसन्धान गर्नु एकदमै राम्रै भए पनि यो कम्पनीमा लगानी नगर भनेर नामै तोक्नु भने गलत भएको बताएका छन् । यसले खुला बजारमाथि बोर्डको हस्तक्षेप भएको उनको आरोप छ ।

‘लगानीकर्ताहरुलाई सजग हुनु भन्नुपर्छ, बद्मासी गर्नेलाई अनुसन्धान गरेर कारबाही पनि गर्नुपर्छ, तर यसरी कम्पनीको नाम नै तोक्नु ठिक भएन’ अध्यक्ष रौनियारले भने, ‘यसले बजारमाथि हस्तक्षेप भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?