Comments Add Comment

दुई नेपाली चलचित्र क्विन्स वर्ल्ड फिल्म फेस्टिवलमा छनोट

न्युयोर्क । दुई नेपाली चलचित्रहरु न्युयोर्कको प्रतिष्ठित क्विन्स वर्ल्ड फिल्म फेस्टिवलमा छनोट भएका छन् ।

इटालियन फिल्ममेकर सर्जियो बासोद्धारा निर्देशित ‘सरिता’ र अमेरिकन फिल्ममेकर इयान स्कटद्धारा निर्देशित ‘बसन्जी’ फेस्टिभलमा छनौट भएका हुन् ।

मिथिला शर्मा, सरिता गिरीलगायत कलाकारको अभिनय रहेको ‘बसन्जी’ एक थ्रिलर चलचित्र हो भने ‘सरिता’ चलचित्रमा नेपालमा रहेका भुटानी शरणार्थीको कथा समेटिएको छ जहा अधिकांश पात्रहरु भुटानी नै छन् ।

समीक्षकहरुले दुवै चलचित्रलाई निकै राम्रो प्रतिक्रिया दिएका छन् भने बसन्जी चलचित्रलाई प्रमुख अवार्डको दाबेदारको रुपमा हेरिएको छ ।

दुवै चलचित्रहरु यही जुन् २६ र २७ तारिखका दिन न्युयोर्कको क्विन्समा अवस्थित शेर्पा किदुगको हलमा देखाइँदै छ ।

फिल्म हेर्नका लागि आयोजकले फेस्टिभलको वेभसाइट क्विन्स वर्ल्ड फिल्म फेस्टिवलमा टिकटको व्यवस्था गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment