Comments Add Comment

गाजा पट्टीमा इजरायलको हवाई आक्रमण

२ असार, काठमाडौं । इजरायलले गाजा पट्टीमा हमासको अड्डामा हवाई आक्रमण गरेको छ । इजरायको सुरक्षा बल (आईडीएफ)का अनुसार इजरायलमा हमासले आगो लगाउने बेलुनले आक्रमण गरेसँगै यो आक्रमण गरिएको हो ।

इजरायलको अग्नि नियन्त्रकका अनुसार मंगलबार गाजापट्टीबाट फ्याँकिएको आगो फैलाउने बेलुनको कारण धेरै स्थानमा आगलागी भएको थियो । बुधबार इजरायलको सेनाले गरेको आक्रमणको कारण गाजा पट्टीमा केही विष्फोट भएको थियो ।

इजरायलको सेनाले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘यी क्षेत्रमा आतंकवादी गतिविधि भइरहेको थियो । गाजा पट्टीबाट जारी आतंकवादी गतिविधिलाई ध्यानमा राख्दै इजरायली सेना युद्ध सुरु गर्नेसहितका सबै अवस्थाको लागि तयार छ ।’

अहिलेसम्म यो आक्रमणमा मानवीय क्षति भएको वा नभएको भन्ने स्पष्ट हुन सकेको छैन । इजरायलमा हालै नयाँ सरकार बनेसँगै हमास र इजरायलबीचको यो पहिलो हिंस्रक झडप हो । गत मे महिनामा दुई पक्षबीचको ११ दिनसम्मको युद्धपछि युद्धविराम सम्झौता भएको थियो ।

मंगलबार यहुदी राष्ट्रवादीहरुले इजरायलको कब्जामा रहेको पूर्वी जेरुसलेममा एक जुलुस निकालेको थियो । त्यसपछि गाजामा शासन गरिरहेको संगठन हमासले धम्की दिएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment