+
+

जनकपुरमा अक्सिजन प्लान्टको स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २ गते १६:२१

२ असार, जनकपुरधाम । प्रदेश-२ को अस्थायी राजधानी जनकपुरधाममा अक्सिजन प्लान्ट स्थापना भएको छ ।

जनकपुरधाम उप महानगरपालिका वडा नम्बर २३ मा स्थापना भएको अक्सिजन प्लान्टको मुख्यमन्त्री लालबाबु राउतले बुधबार उद्घाटन गरेका छन् ।

उद्घाटन गर्दै मुख्यमन्त्री राउतले कोरोना महामारीसँग जुध्न अक्सिजन महत्वपूर्ण र यसको उत्पादन शुरु गरेकोप्रति उद्योगका सञ्‍चालकलाई धन्यवाद दिए ।

उनले अब जनकपुरधाम लगायतका क्षेत्रमा अक्सिजनको अभाव नहुने विश्वास व्यक्त गरे ।

एस आर जे ग्रूपले अक्सिजन प्लान्ट संचालनमा ल्याएको छ । दैनिक ४ सय ५० सिलिन्डर अक्सिजन यस प्लान्टबाट गरिने आरजे ग्रूपका अध्यक्ष शिबनन्दन साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?