Comments Add Comment

थप २८२८ जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु

२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ८२ छ भने ५२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको छ । जसमध्ये ५७ हजार ८२६ जना होम आइसोलेसनमा र ४,३११ जना संस्थागत आइसोलेसनमा छन् ।

असार १ गतेसम्म देशका ४३ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३५४, झापामा २३२, मोरङमा १६५, सुनसरीमा १५१, बागलुङमा ११४, धादिङमा ११३ र भक्तपुरमा ७९ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै ललितपुरमा ६६, धनुषामा ६५, काभ्रपलाञ्चोकमा ५६, नुवाकोट र बर्दियामा ५३ जना, चितवनमा ४५, सप्तरीमा ३५ र सिन्धुलीमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सिन्धुपाल्चोकमा ३२, बारा र सिरहामा २५/२५ जना, उदयपुर र मकवानपुरमा २४/२४ जना, रुपन्देही र अछाममा २३/२३ जना, कास्की र नवलपरासी पश्चिममा १५/१५ जना, दोलखा, रसुवा र पाल्पामा १३/१३ जना, कञ्चनपुरमा १२ तथा महोत्तरी र रामेछापमा १०/१० जना कोरोना संक्रिमित थपिएका छन् ।

यस्तै रौतहट, दाङ, बाँके र डोटीमा ९/९ जना,संखुवासभा र गुल्मीमा ८/८ जना,धनकुटामा ७,सर्लाही र नवलपरासी पूर्वमा ६/६ जना, कपिलवस्तुमा ५,इलाममा ४, खोटाङ, पाँचथर, तनहुँ र कैलालीमा ३/३ जना, ताप्लेजुङ, तेह्रथुम, पर्सा, लमजुङ र स्याङजामा २/२ जना तथा सोलुखुम्बु, गोरखा, मुगु र सुर्खेतमा १/१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्षमुनिका ४९ बालबालिकामा कोरोना संक्रमण थपिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment