+
+
Shares

बुवालाई खाजा पुर्‍याउन जाँदा बालकलाई खोलाले बगायो

रासस रासस
२०७८ असार २ गते १९:३६

२ असार, सप्तरी । सप्तरीमा भुतही बलान खोलामा आएको बाढीले बगाउँदा बुधबार एकजना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बलान बिहुल गाउँपालिका वडा नम्बर ४ बस्ने किसुनदेव भण्डारीका १३ वर्षीय छोरा सन्तोष भण्डारी छन् ।

खेतमा काम गरिरहेका आफ्ना बुवा किसुनदेवलाई खाजा पुर्‍याउन जान लाग्दा बालकलाई उक्त खोलामा आएको बाढीले बगाएको थियो ।

बाढीले बगाएपछि ती बालकको शव भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको मझौरास्थित बलान खोला छेउमा फेला परेको सप्तरी प्रहरीका प्रबक्ता भाधव प्रसाद काफ्लेले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?