Comments Add Comment

संविधान दिवसमा विभूषण प्रदान गर्न खुल्ला दरखास्त आह्वान

३ असार, काठमाडौं । संविधान दिवसको दिन सरकारबाट विभूषित हुन योग्य छु भन्नेहरुका लागि गृह मन्त्रालयले खुल्ला दरखास्त आह्वान गरेको छ । आफूलाई विभूषणको लागि योग्य ठान्नेहरुले यही असार २० गतेभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न सक्ने छन् ।

‘विभूषणका लागि योग्य महानुभावहरुलाई आफूले गरेका योगदानको आधार प्रमाणसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न खुल्ला आह्वान गरिएको हो,’ गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भने ।

दाहालका अनुसार विभूषणका लागि दाबी प्रमाणसहित प्राप्त निवेदनलाई छानविन गरी असार मसान्त भित्र प्रमुख जिल्ला अधिकारीले गृहमन्त्रालयमा पठाइसक्नु पर्ने छ । त्यसपछि गृह मन्त्रालयमा रहेको सिफारिस समितिले विभूषण प्रदानको निर्णयका लागि मन्त्रिपरिषदमा सिफारिस गर्दछ ।

सरकारले हरेक वर्ष संविधान दिवसको दिन देश र समाजलाई विशिष्ट योगदान पुर्याएकाहरुलाई विभूषण तथा पदकबाट सम्मान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment