+
+
Shares

प्यूठान र अर्घाखाँची जोड्ने पक्की पुल भत्कियो

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३ गते १२:४९

३ असार, प्यूठान । प्यूठानको झिमरुक नदीमा आएको बाढीले प्यूठानको ऐरावती गाउँपालिका–१ माझिदमार र अर्घाखाँचीको शितगंगा नगरपालिका–७ चिउरेखोला जोड्ने निर्माणाधीन पक्कीपुल भत्किएको छ ।

सो मोटरेबल पुल चार दिन अगाडि मात्रै ढलान भएको थियो । सडक डिभिजन कार्यालय प्यूठानका इन्जिनियर अरुण केसीका अनुसार पुलको ३५ मिटर भाग भत्किएको छ ।

संघीय सरकारले विनियोजन गरेको ७ करोड १२ लाख रुपैयाँ बजेटमा ७० मिटर लामो पुल निर्माण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?