+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

उपमेयरसहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गरे काठमाडौंको नगरसभा बहिष्कार

रोयल आचार्य रोयल आचार्य
२०७८ असार ३ गते १३:३०

३ असार, काठमाडौं । उपमेयर हरिप्रभा खड्गीसहित नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बिहीबार काठमाडौं महानगरपालिकाको नगरसभा बैठक बहिष्कार गरेका छन् ।

मेयर विद्यासुन्दर शाक्यले तयार पारेको नीति तथा कार्यक्रमप्रति चित्त नबुझेपछि आफूहरुले नगरसभा बहिष्कार गरेको उपमेयर खड्गीले बताइन् । नगरसभा बहिष्कार गर्नेमा १३ वटा वडाका वडाध्यक्ष समेत रहेका छन् ।

महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न बिहीबार ११ बजे नगरसभा बैठक बोलाइएको थियो । तर नीति तथा कार्यक्रम एकै चोटि नगर कार्यपालिकाको बैठकमा ल्याएर सुनाएको र सुधार गर्ने अवसर समेत नदिएको कारण सभा बहिष्कार गरेको उनले अनलाइनखबरसँग बताइन् ।

‘नीति तथा कार्यक्रममा केके राख्ने भन्ने विषयमा सोध्नु त भएको थियो तर पछि केके आए भन्ने कुरा एकैचोटि बैठकमा मात्रै सुन्यौं’ उपमेयर खड्गीले भनिन्, ‘सबैको हातहातमा दिएर केही सुझाव भए दुई दिनभित्रमा दिनु भनेर समय दिनुपर्नेमा नीति तथा कार्यक्रम सुन्न मात्रै दिएको छ, सुनेर मात्रै हुँदैन भन्ने हाम्रो कुरा हो ।’

मेयर शाक्यले बिहीबार नीति तथा कार्यक्रम बहुमतले पारित गर्ने तयारी गरेको समेत उनले सुनाइन् । सभा बहिष्कार गरेपछि मेयर शाक्यले उपमयेर खड्गीलाई टेलिफोन गरेका थिए । तर आफूले सुधार्नुपर्ने कुरा नसुधारे सहयोग नगर्ने प्रतिक्रिया दिएको उनले बताइन् ।

अहिले कोरोना महामारी नै पहिलो प्राथमिकतामा पर्नुपर्ने विषय आफूहरुले उठाएको भए पनि मेयर शाक्य आफ्नै किसिमले अघि बढेको उपमेयरको आरोप छ ।

करको दायरा फराकिलो बनाई १० प्रतिशत रहेको घरबहाल कर लगायतमा छुट दिनुपर्ने कुरा समेत आफूले उठाएको खड्गीले बताइन् । वीर अस्पताललाई कोभिड अस्पताल बनाउने आफ्नो प्रस्ताव पनि नीति तथा कार्यक्रममा समेटिन नसकेको उनको भनाइ छ ।

‘हाम्रो कुरा सुन्नुभन्दा पनि संघीय सरकारकै हिसाबले अघि बढ्नुभएको छ, अहिले अन्य कुराहरु पनि उठेका छन्’ उनले भनिन्, ‘मोनोरेलको विषय नै हराएको छ, खै त्यो कहाँ गयो भनेर पनि वडाध्यक्षहरुले प्रश्न उठाउनुभएको छ ।’

बिहीबारको नगरसभा बैठकमा मेयर शाक्यले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?