+
+
Shares

बालेनको बयान- ‘२३ गते सरकारले ‘आतंकवादी शैली’ अपनाउँदा २४ को घटना भयो’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहले भदौ २३ गते सरकारले आतंकवादी शैलीमा अत्याधिक बल प्रयोग गरेको कारण २४ गतेको घटना भएको बताए।
  • बालेन्द्र शाहले २४ गतेको घटना दुखद भएको र तत्कालीन सरकार र सहभागी दलले सम्पूर्ण क्षतिको जिम्मा लिनुपर्ने उल्लेख गरे।
  • उनले सम्माननीय राष्ट्रपति र सेनापतिको आग्रहमा आन्दोलन शान्त पार्ने भूमिका खेलेको र महानगरपालिकाले दमकल समयमै पठाएको जानकारी दिए।

११  चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहले  जेनजी आन्दोलनका क्रममा भदौ २३ गते  आतंकवादी शैलीमा सरकारले अध्यधिक बल प्रयोग गरेरका कारण २४ गतेको घटना भएको बयान दिएका छन् ।  उनले उक्त घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र  सरकार सहभागी दलले लिनुपर्ने उल्लेख गरेका छन् ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा बालेन गरेको बयानमा उनले राष्ट्रपति र सेनापतिको आग्रहमा घटना शान्त पार्न भूमिका खेलेको उल्लेख गरेका छन् ।

२४ गतेको घटना दुखद थियो र २३ गते सरकारको अत्याधिक बल प्रयोग र आतंकवादी शैलीको नतिजा हुनसक्छ । २४ गते कामनपाले समयमै दमकल पठाएको थियो र महानगरभित्रका संरचना महानगरकै दमकलले नियन्त्रण गरेको ह‘, बालेनको बायनमा छ,’सम्माननीय राष्ट्रपति र सेनापतिको आग्रहमा मेरो आन्दोलनलाई शान्त पार्ने भूमिका रहेको थियो । तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको हो र सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ 

बालेनको बयान यस्तो छ :

२०८२ साल भाद्र २३ र २४ गते म सरकारी निवास लैनचौरमा थिए । २३ गतेको शान्तिपूर्ण रैलीमा मेरो समर्थन थियो तर आन्दोलनमा थिएन । व्यवसायी र रेष्टुरेन्टहरुले आग्रह गरेपछी महानगर प्रहरी बलले पानी वितरण गरेको हो। २३ गते स्थिति तनावपूर्ण हुँदै गएको बेलुका संचार माध्यमबाट थाहा पाए । मेरो सामाजिक संजालको अभिव्यक्तिले अनियन्त्रित आन्दोलनलाई शान्त पार्न मद्दत गर्यो । जनधनको रक्षाको लागी सामाजिक संजाल मार्फत संयमता अपनाउन अपिल गरेको थिए । घटनापश्चात महानगर प्रहरी बल लगायत अन्य विभागहरुसँग समन्वय गरी घाइते र मृतकहरुको परिवारलाई तत्काल आवश्यक सहयोग प्रदान गरिएको हो। २४ गतेको घटना दुखद थियो र २३ गते सरकारको अत्याधिक बल प्रयोग र आतंकवादी शैलीको नतिजा हुनसक्छ । २४ गते का.म.न.पा ले समयमै दमकल पठाएको थियो र महानगरभित्रका संरचना महानगरकै दमकलले नियन्त्रण गरेको हो । सम्माननीय राष्ट्रपति र सेनापतिको आग्रहमा मेरो आन्दोलनलाई शान्त पार्ने भूमिका रहेको थियो । तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको हो र सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ। काठमाँडौ महानगरको फोहोर बोक्ने गाडी बन्चरेडाँडा जाँदैगर्दा अनावश्यक रोकेपछी विरोधस्वरुप Metaphor को रुपमा फेसबुकमा अभिव्यक्ति दिएकोमा “जलाई दिन्छु” शब्द प्रयोग भएको थिएन ।  

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?