+
+
Shares

बाढी पहिरो पीडितको उद्धार र राहतलाई प्रभावकारी बनाउन विपक्षी गठबन्धनको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३ गते १४:११

३ असार, काठमाडौं । विपक्षी गठबन्धनले बाढी, पहिरो र डुवान पीडित जनताको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । साथै राहत तथा उद्धारमा सहयोग गर्न पार्टी कार्यकर्ता र संघसंस्थाहरुलाई आह्वान समेत गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले संयुक्त वक्तव्य जारी गर्दै बाढी, पहिरो र डुवानबाट पीडित जनतालाई आवास, खाद्यान्न लगायतका राहत प्रभावकारी बनाउन माग गरेका हुन् ।

‘इमानदारी, तदारुकता र पारदर्शी रुपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौं’ वक्तव्यमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?