+
+
Shares

प्रदेश २ सरकारद्वारा जनकपुरमा सय बेडको कोरोना अस्पताल सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३ गते १४:३३

३ असार, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा एक सय बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा आएको छ ।

मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालको खाली रहेको भवनभित्र बनाइएको सय बेडको कोरोना अस्पतालको बिहीबार मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नवलकिशोर साहले संयुक्त रुपमा उद्घाटन गरे ।

अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले यहाँ तत्काल कोरोना संक्रमितको उपचार सुरु गर्ने भए पनि अन्य विशेषज्ञ सेवा पनि चाँडै शुभारम्भ गरिने बताए ।

मुख्यमन्त्री राउतले शिक्षण अस्पताल सञ्चालनका लागि सरकारबाट जग्गा लिजमा लिएका मणिपालले दशकौं बितिसक्दा समेत अस्पताल सञ्चालन गर्न नसकेकाले लिज खारेजी गराई उक्त जग्गा मधेश स्वास्थ्य विज्ञान प्रष्ठिान मातहत ल्याउने पहल सुरु गरिएको बताए ।

कार्यक्रममा सामाजिक विकासमन्त्री साहले प्रदेश सरकारको गौरवको योजनामा रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य उपचारको क्षेत्रमा मुलुककै नमुना बन्ने विश्वास व्यक्त गरे ।

उक्त कोरोना विशेष अस्पताल मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?