Comments Add Comment

कुसे पाटनमा हराएका सातै जनाको सकुशल उद्धार

Photo Credit : nepalpostkhabar.com
जाजरकोटको कुसे पाटन ।

४ असार, सुर्खेत । जाजरकोटको कुसे पाटनमा हावा हुरी चलेको बेला हराएका सातै जनाको सकुशल उद्धार गरिएको छ ।

शुक्रबार बिहान प्रहरी र स्थानीयको टोलीले उनीहरूलाई सकुशल उद्धार गरेको जाजरकोट प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले जानकारी दिए । उनीहरुको चार दिनपछि सकुशल उद्धार गरिएको हो ।

‘पाटनमा हराएका सातै जनाको सकुशल उद्धार गरिएको छ, उनीहरु चिसोले कठाङगि्रएको अवस्थामा भेटिएका छन् । केही तल झारेर आगो तपाउने, खाना दिने र प्राराम्भिक उपचार भैरहको छ,’ उद्धार टोलीलाई उधृृत गर्दै डीएसपी थापाले भने ।

कुसे गाउँपालिका वडा नम्बर ८ र ९ का सात जना स्थानीय गाई, भैँसी र बाख्रालगायत पशुचौपाया पाटन छाड्न गएका बेला पाटनको जलजलाबाट बेपत्ता भएका थिए ।

बेपत्ता रहेका कुसे गाउँपालिका-८, औलरिजाका ३५ वर्षीय डिलबहादुर खड्का, २८ वर्षीय चन्द्र खड्का, २५ वर्षीय बिक्रम खड्का, १८ वर्षीय भवीन्ऽ खड्का, १० वर्षीय धनसरा खड्का, १२ वर्षीय मिमबहादुर खड्का र कुसे-९, का ४० वर्षीय कृष्ण रोकायाको आज बिहान उद्धार गरिएको प्रहरीले जनाएको छ ।

डीएसपी थापाका अनुसार उनीहरु घर र्फकँदै गर्दा हावा हुरी र वर्षा आएपछि सम्पर्कविहीन बनेका थिए । चार दिनदेखि सम्पर्कविहीन भएपछि जिल्ला सदरमुकामबाट प्रहरी र हराएका आफन्तहरु बिहीबार बिहान खोजीका लागि पाटन गएका थिए ।

पाटनमा चराउन लिइएका गाई, बाख्रा र भैँसीको अवस्था भने यकिन नभएको प्रहरीले जनाएको छ । ‘स्थानीयहरु त भेटिए तर पशुचौपायाको अवस्था बुझ्न सकिएको छैन, मौसम फेरि प्रतिकूल बनेको छ । माथि गएर पशुचौपायको स्थिति बुझन गारो छ, फोन नेटवर्क नहुँदा पनि राम्रोसँग कुराकानी हुन पाएको छैन,’ डीएसपी थापाले भने ।

कुसे पाटन ४ हजारदेखि ४ हजार ८०० मिटरको उचाइमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment