Comments Add Comment

गण्डकीका मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत

४ असार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत मागेका छन् ।

मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेश गरेका हुन् । अहिले उक्त प्रस्तावमाथि छलफल शुरु भएको छ ।

निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि प्रतिपक्ष दलको गठबन्धनका तर्फबाट पोखरेल जेठ २९ गते मुख्यमन्त्री बनेका थिए ।

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार आज विश्वासको मत मागेका हुन् ।

कांग्रेसबाट मुख्यमन्त्री बनेका पोखरेललाई माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका साथै स्वतन्त्र सांसद दीपक मनाङेको साथ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment