Comments Add Comment

वर्षातको समयमा स्मार्टफोनलाई कसरी सुरक्षित राख्ने ?

मनसुनको आगमनसँगै देशभर वर्षात् सुरु भैसकेको छ । वर्षाले विभिन्न खाले विपद्हरु निम्त्याइरहेको छ र धेरै धनजनको क्षति पनि भैसकेको छ । वर्षाको बेला मानिसहरुलाई प्रकोपको चिन्तासँगै अर्को एउटा चिन्ता पनि हुनेगर्दछ त्यो हो आफ्नो मोबाइल फोनलाई पानीमा भिज्नबाट कसरी बचाउने अनि स्मार्टफोनलाई कसरी सुरक्षित राख्ने ?

स्मार्टफोनलाई पानीमा भिज्नबाट बचाउनका लागि के गर्ने ? यसका लागि यी केही उपाय अपनाउन सक्नुहुन्छ :

· स्मार्टफोनका लागि वाटरप्रुफ थैली प्रयोग गर्नुहोस् : आजकल बजारमा स्मार्टफोन राख्न मिल्ने प्लास्टिकका स-साना थैलीहरु सजिलैसँग पाइन्छ । पानी नछिर्ने त्यस्ता वाटरप्रुप थैलीले फोनको खोलको काम पनि गर्दछन् । हुनत आजकल अधिकांश फोनहरु आफैमा वाटरप्रुफ नै हुन्छन् जो झरीमा रुझ्दा वा केही बेरको लागि पानीमा खस्दा पनि पानी छिरेर बिग्रिँदैन । तर वाटरप्रुफ थैली प्रयोग गर्नुभयो भने जस्तोसुकै स्मार्टफोनलाई पनि पानीबाट सुरक्षित राख्न सकिन्छ । जिपलकसहितको त्यस्तो थैलीभित्र सिलिका जेलको टुक्रा हाल्नुभयो भने त्यसले आद्रता सोसेर फोनलाई झनै सुरक्षित राख्नेछ ।

· ब्लुटुथ इयरफोन वा इयरबड्सको प्रयोग गर्ने : प्रतिस्पर्धाकै कारण हाल बजारमा निकै सुपथ मूल्यमा ब्लुटुथ इयरफोन तथा इयरबड्स पाइन्छन् जो पानी तथा धूलो प्रतिरोधीसमेत हुन्छन् । वर्षाको समयमा तपाईंले आफ्नो स्मार्टफोन गोजी वा ब्यागमा राखेर सो ब्लुटुथ डिभाइसको मद्दतले फोनमा कसैसँग कुराकानी गर्न वा म्युजिकलगायत सुन्न पनि सक्नुहुन्छ । यसबाट तपाईंलाई कुरा गर्न वा अन्य कारणका लागि फोन बाहिर निकालिरहनु वा पानीमा भिजाउनु परेन ।

· तपाईंले स्मार्टफोनलाई वाटरप्रुफ थैलीमा नराखीकनै बाहिर गएको बेला अचानक वर्षा भयो र आफू झरीमा रुझ्नुभयो भने त्यस्तो बेला तपाईंले आफ्नो मोबाइल फोनलाई कसरी सुरक्षित राख्ने ? त्यस्तो बेलामा तपाईंले आसपासमा कतै सुख्खा पोलिथिन वा कागज देख्नुभयो भने तुरुन्तै त्यसमा आफ्नो मोबाइल फोनलाई बेरेर राख्नुहोस् । त्यसले तपाईंको फोनलाई आफू ओतसम्म जाउन्जेल भिज्नबाट रोक्नेछ ।

· स्मार्टफोनलाई तत्कालै स्विचअफ गर्ने : यदि तपाईं कतै झरीमा फस्नुभयो र ओत पनि छैन भने यस्तो बेलामा तपाईंको फोन ठूलो जोखिममा पर्दछ । यदि त्यस्तो भयो भने स्मार्टफोन स्विचअफ गरेर भित्री गोजीमा हाल्नु उपयुक्त हुन्छ । फोनलाई पोलिथिन वा कागज आदिमा बेरेर राख्न सकियो भने झनै सुरक्षित हुन्छ । स्वीच अफ गरेको अवस्थामा फोन भिजिहालेमा पनि नबिगि्रने सम्भावना बढी हुन्छ ।

· वाटरप्रुफ खोल : सचेत बनेर सुरक्षाका उपाय अपनाउनु सधैका लागि राम्रो कुरा हो । आफ्नो स्मार्टफोनका लागि नयाँ कभर खरीद गर्दा वाटरप्रुफ कभर किन्नुहोस् । हुनत अन्य स्मार्टफोन कभरका तुलनामा वाटरप्रुफ कभर उस्तो आकर्षक नहुन सक्दछन् । तर वर्षातको समयमा मात्रै भएपनि आफ्नो फोन बँचाउनका लागि आफ्नो फोनमा पानी नछिर्ने खोल हाल्नुहोस् ।

· भिजेको फोन चार्जमा नराख्नुहोस् : आफ्नो स्मार्टफोन पानीमा भिजेको छ भने त्यसलाई सुख्खा नबनाइकन चार्जमा नहाल्नुहोस् । पानीले मात्र होइन थोरै आद्रताले पनि फोनलाई शर्ट सर्किट बनाएर बिगार्न सक्दछ । त्यसैले चार्ज गर्नु अगाडि फोन पूर्णरुपमा सुख्खा छ छैन हेर्नुहोस् । जीउमा बढी पसिना आउने मान्छेले लामो समयसम्म आफ्नो गोजीभित्र राखेको फोन पनि निकालेर तत्कालै चार्ज गर्नु हुँदैन ।

जेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment