+
+
Shares

आफ्नी आमालाई भू–माफियाले अपहरण गरेको भन्दै पाकिस्तानी नायिकाले गुहारिन् प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ४ गते १३:१७

बलिउड चलचित्र ‘नजर, शैतान’ लगायतमा काम गरेकी पाकिस्तानी नायिका मीराले आफ्नी आमालाई भू–माफियाले अपरहण गरेको भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खासँग सहयोग मागेकी छिन् ।

नायिकाले हालैमात्र लाहोरको क्यापिटल सिटी पुलिस अफिसमा सम्पत्ती सम्बन्धी बिषयमा निवेदन दिएकी छिन् । उनले, पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग यो बिषयमा ध्यान दिन आग्रह पनि गरेकी छिन् ।

मीराले आफूलाई मिया शाहिद महमुदले धम्की दिइरहेको बताउँदै आफ्नो सम्पतीमा भाडामा बसेपछि त्यसलाई आफ्नो बनाउन हतकन्डा अपनाइरहेको आरोप लगाएकी छिन् । उनले, आफ्नी आमालाई समेत महमुदले अपहरण गरेको भन्दै आफ्नो सम्पत्ती प्राप्त गर्नका लागि थुप्रै हतकन्डा अपनाएको बताएकी छिन् ।

मीराले आफूले आफ्नो करिअर पाकिस्तानका लागि समर्पित गरेको भन्दै आफ्नो जमिन कब्जा गर्न खोज्नेहरुको विरुद्धमा सरकारको प्रतिक्रियाको प्रतिक्षा गरिरहेको उल्लेख गरेकी छिन् ।

४४ सालकी मिराको वास्तविक नाम इर्जिजा रुबाब हो । उनले, उर्दु, पञ्जाबी र बलिउड चलचित्रमा काम गरेकी छिन् । उनले ‘नजर, कसक, पाँच घन्टे मे पाँच करोड, भडास, बम्पर ड्र, शैतान’ लगायतका चलचित्रमा काम गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?