+
+
Shares

मेलम्ची बाढीपीडितका नाममा चन्दा उठाए एक लाख जरिवाना र दुई वर्षसम्म कैद !

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ५ गते १८:१९

५ असार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले विपद्का नाममा चन्दा संकलन, राहत वा सहयोग संकलन नगर्न आग्रह गरेको छ । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढी पहिरोको कारण ठूलो धनजनको क्षति भएपछि विभिन्न ठाउँमा राहत संकलनको कार्य भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले एक प्रेस विज्ञप्ति जारी गर्दै विपद्का नाममा चन्दा, राहत वा सहयोग संकलन कार्य भइरहेको पाइएको भन्दै त्यसो नगर्न चेतावनी दिएको हो ।

अनुमति लिई वा नलिई विपद्का नाममा चन्दा, राहत वा सहयोग संकलन गर्ने कार्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २४(१)(ख) अनुसार कसूर हुने भन्दै त्यस्तो कार्य नगर्न र गरिएको पाए जानकारी दिन पनि प्रशासनले आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तो कार्य गर्नेलाई कसूरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था भएकाले यस्ता गलत क्रियाकलाप नगर्न नगराउन, भए गरेको पाइए जानकारी वा सूचना नजिकैको प्रहरी कार्यालय वा मोवाइल नम्बर ९८४१३९२८८३ मा जानकारी गराइदिन सर्वसाधारण सबैसँग अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?