Comments Add Comment

सप्तरीमा घाँटी रेटेर एक बालिकाको हत्या

५ असार, सप्तरी । सप्तरीमा घाँटी रेटेर एक बालिकाको हत्या गरिएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरहीमा ८ वर्षीया बालिकाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीय राउदगार यादवकी ९ वर्षीया छोरी शिवानी यादवको घाँटी काटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार घाँस काट्न घरबाट निस्केकी शिवानीको घर नजिकैको आँप बगैंचामा शव फेला परेको प्रहरीको भनाइ छ ।

मृतकको शवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पोष्टमार्टम गराई अन्य अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment