Comments Add Comment

सभापतिमा देउवालाई निधिको चुनौती

५ असार, काठमाडौं । आसन्न १४औं महाधिवेशनमा पनि सभापति उठ्ने तयारी थालेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विमलेन्द्र निधिले चुनौती दिएका छन् ।

आफ्नो समूहका नेताहरुसँग छलफल थालेका देउवाले शनिबार दिउँसो प्रदेश २ का नेताहरुलाई भेटेका थिए । देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा उपसभापति निधि, आनन्द ढुंगाना, जंगीलाल रायलगायतका नेताहरु सहभागी थिए ।

देउवाले आफू सभापति उठ्ने भन्दै धेरैभन्दा धेरै महाधिवेशन प्रतिनिधि जुटाउन आग्रह गरे ।

उपसभापति निधिले भने आफू पनि सभापतिमा उम्मेदवारी दिने चाहना राखेको बताए । आफूले यसअघि पनि भनेको स्मरण गराउँदै उनले भने, ‘तपाई प्रधानमन्त्री बन्नुस्, म आफूले सहयोग गर्छु । सभापतिमा तपाईंको समर्थनमा म लड्छु ।’

लामो समयदेखि आफ्नो समूहमा रहेका निधिको प्रस्तावलाई सभापति देउवाले सहज रुपमा नलिएको एक नेताले बताए । उनका अनुसार देउवाले ‘लड्ने भए लड्नुस्, त्यो तपाईंको अधिकार हो’ भन्ने प्रतिक्रिया दिएका थिए ।

यो पनि पढ्नुहोस देउवाले भने- फेरि सभापतिमा लड्छु

निधिले भने आफू लामो समयदेखि टिममा रहेको र देउवाकै समर्थनमा सभापति लड्न चाहेको बताएका थिए । उनले सभापति देउवालाई सभापतिमा चुनाव लड्ने तयारीबारे पुनर्विचार गर्न समेत आग्रह गरेको एक नेताले बताए ।

देउवाले भने निधिलाई अर्को पटक सभापति लड्न आग्रह गरेको उनको सचिवालय स्रोतले बताएको छ ।

कांग्रेसले शुक्रबार मात्र १४औं महाधिवेशनको संशोधित कार्यतालिकालाई अन्तिम रुप दिएको छ, जसअनुसार केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment