Comments Add Comment

ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो

६ असार, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । ब्राजिल अमेरिकापछि कोरो संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको मुलुक हो ।

जानकारहरुले ब्राजिलमा देखिएको सुस्त कोरोना खोप अभियान र जाडोयामको सुरुआतसँगै ब्राजिलमा कोरोना संक्रमणको अवस्था अझै भयावह हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

ब्राजिलमा कोरोना संक्रमण बढिरहेको अवस्थामा राष्ट्रपति जेयर बोल्सोनारोले भने निरन्तर जनजस्वास्थ्यका नियमलाई बेवास्ता गर्दै आएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अहिलेसम्म ब्राजिलमा केवल १५ प्रतिशत वयस्क मानिसहरुले मात्र कोरोना खोपको पूरा डोज लिएका छन् । अहिले ब्राजिलको संसद्ले सरकारले कोरोना नियन्त्रणको लागि चालेको कदमबारे अनुसन्धानको काम गरिरहेको छ ।

ब्राजिलमा राष्ट्रपति बोल्सोनारोले कोरोना नियन्त्रणको लागि आवश्यक कदम नचालेको भन्दै आलोचना भइरहेको छ । राजनीतिक कारणले बोल्सोनारोले कोरोनाको खोप खरिद नगरेको आरोप विपक्षीहरुले लगाएका छन् ।

ब्राजिलको स्वास्थ्यसम्बन्धी जानकारी दिने संस्था फियोक्रुजले ब्राजिलमा सामुदायिक संक्रमण उच्च रहेकाले अवस्था चिन्ताजनक अवस्थामा रहेको उल्लेख गरेको छ ।

ब्राजिलका स्वास्थ्यमन्त्री मार्सेलो क्युइरोगाले कोरोनाको कारण मृत्यु भएकाको परिवारप्रति समवेदन व्यक्त गरेका छन् । गत मार्चयता औसतमा ब्राजिलमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १५ सयभन्दा बढी रहँदै आएको छ ।

शनिबार ब्राजिलमा कोरोना खोप अभियानलाई तीव्रता दिन माग गर्दै सरकारको विरुद्धमा हजारौं मानिसले प्रदर्शन गरेका थिए । अहिले ब्राजिलका धेरै सहरमा पर्याप्त मात्रामा कोरोना खोप पुग्न सकेको छैन ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment