+
+
Shares

तनाव भगाउने भन्दै ३६५ दिनसम्म तालमा डुबुल्की

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ६ गते १३:२१

विश्वव्यापी कोरोना भाइरस महामारीको समयमा मानिसहरु घरभित्रै बस्न बाध्य भैरहँदा मानिसहरुमा तनाव, चिन्ता जस्ता समस्याहरु बढिरहेका छन् । जसका कारण मानिसहरुले तनाव भगाउने अनेक खालका उपायहरु अपनाइरहेका छन् ।

अमेरिकामा ड्यान ओ कोनर नामका व्यक्तिले चाहिँ तनाव भगाउन भन्दै पछिल्लो एक वर्ष हरेक दिन मिचिगन तालमा डुबुल्की मारे ।

अमेरिकाको शिकागोमा बस्ने कोनोर नामका ती व्यक्ति शनिबार ३६५ औँ पटक मिचिगन नदीमा हाम फाले ।

ग्रेट लेक जम्पर नामले चिनिने कोनोर कोभिडका कारण उत्पन्न समस्या भगाउनका साथै जर्ज फ्लोएडको हत्या लगायतका अमेरिकामा व्याप्त विभिन्न समस्याहरु समाधान होउन् भन्नका लागि आफू तालमा पौडिएको बताउँछन्।

हरेक मौसममा तालमा पौडिँदा उनको सरीमा चोटपटक पनि लागेका छन् । तर सबैको सहयोग र समर्थनमा आफूले ३६५ दिनको कोशेढुंगा पार गरेको उनी बताउँछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?