जीवनमा तनाव नै नहुने भन्ने हुँदैन । सामान्य तनाव हुनु स्वभाविक पनि हो । तर यसको पनि आफ्ना सीमा छन् । दीर्घकालीन तनावले मस्तिष्कको कार्यसम्पादनमा नकारात्मक प्रभाव पार्न सक्छ, जसमा स्मरण शक्ति पनि पर्छ ।
जब तनाव असीमित हुन थाल्छ, तब मान्छेमा समस्याको घेरामा पर्न थाल्छन् । तनावको अवस्थामा शरीरमा कोर्टिसोल नामक तनाव हर्मोन निस्कन्छ र शरीरका अन्य धेरै हर्मोन पनि असन्तुलित हुन्छन्, यस्तो अवस्थामा शारीरिक र मानसिक दुवै स्वास्थ्यमा असर पर्छ । तनावले मस्तिष्कलाई पनि सिधा असर गर्छ र स्मरण शक्तिमा नकारात्मक असर पर्न सक्छ ।
लामो समयसम्म तनावमा रहँदा मानिसको मस्तिष्कको कार्यमा नराम्रो असर पर्छ । जसकारण कतिपयलाई कुरा सम्झिन समस्या हुन्छ । यो अवस्थाले व्यक्तिको मानसिक र शारीरिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ । लगातारको काम वा अन्य तनावका कारण मानिसले चाँडै कुरा बिर्सन थाल्छ, जसले भविष्यमा ठूलो समस्या निम्त्याउन सक्छ ।
गम्भीर तनावले स्मरण शक्तिलाई कसरी असर गर्छ ?
एकाग्रतामा कमी
दीर्घकालीन तनावका कारण मानिसको मस्तिष्क निरन्तर दबाबमा रहन्छ, जसले ध्यान र एकाग्रतालाई कमजोर बनाउँछ । जब मस्तिष्क पूर्णतया तनावसँग व्यवहार गर्न व्यस्त हुन्छ, यसले नयाँ जानकारी सम्प्रेषण गर्न र सम्झिन गाह्रो हुन्छ ।
दीर्घकालीन स्मरण शक्तिमा प्रभाव
निरन्तर तनावको सामना गर्दा दीर्घकालीन स्मरण शक्तिमा असर पर्न सक्छ । व्यक्तिलाई पुराना घटना सम्झिन गाह्रो हुन थाल्छ । जब व्यक्तिले आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनमा समस्या सामना गर्न थाल्छ, बिस्तारै यो अवस्था झनै गम्भीर हुन्छ ।
हिप्पोक्याम्पसमा प्रभाव
हाइपोक्याम्पस, नयाँ स्मरण बनाउन र पुरानो स्मरण ल्याउन महत्त्वपूर्ण मस्तिष्क क्षेत्र हो, दीर्घकालीन तनावको प्रभावले विशेषगरी कमजोर हुन्छ । जब शरीर लामो समयसम्म तनावमा रहन्छ, तनाव हर्मोन कोर्टिसोलको स्तर बढ्छ । लामो समयसम्म कोर्टिसोलको उच्च स्तरले हाइपोक्याम्पसको सुक्दै जान सक्छ, जसले नयाँ स्मरण बनाउने र पुरानो स्मरण ल्याउने क्षमतालाई कमजोर बनाउँछ ।
भावनात्मक परिवर्तनहरू महसुस गर्नु
दीर्घकालीन तनावले ‘एमिग्डाला’लाई पनि असर गर्छ । एमिग्डाला स्नायु कोषिकाहरु मिलेर बनेको बदाम आकारको मस्तिस्कमा रहेको एक अङ्ग हो । जसले दिमागमा हुने भावनात्मक र आवेगलाई नियन्त्रण गर्ने काम गर्छ । यसकारण एक व्यक्तिले जीवनमा खराब चीजहरू अझ स्पष्ट रूपमा सम्झन्छ, जबकि सकारात्मक अनुभवहरू बिर्सन सजिलो हुन्छ । यसले भावनात्मक असन्तुलन सिर्जना गर्न सक्छ ।
न्युरोजेनेसिसमा अवरोध
दीर्घकालीन तनावले न्युरोजेनेसिसको प्रक्रियालाई अवरोध गर्न सक्छ, जुन मस्तिष्कमा नयाँ न्युरनहरूको जन्म हो । न्युरोजेनेसिसको कमीले स्मरण शक्ति र सिक्ने क्षमतालाई नकारात्मक असर गर्न सक्छ ।
सिनेप्टिक प्लास्टिसिटीमा कमी
सिनेप्टिक प्लास्टिसिटी, न्युरनहरू बीचको जडान (सिनेप्स) बलियो वा कमजोर हुने क्षमता, सिक्ने र स्मरणका लागि आवश्यक छ । दीर्घकालीन तनावले सिनेप्टिक जडानहरूलाई कमजोर बनाउन सक्छ, जसले स्मरण बनाउन र ल्याउन गाह्रो बनाउँछ ।
कमजोर स्मरण शक्तिलाई तनावबाट जोगाउने उपाय
– दैनिक ध्यान र योग गर्नाले तनाव कम हुन्छ । साथै ‘डिप ब्रिदिङ एक्सरसाइज’ले चिन्ता र अत्यधिक उत्तेजना कम गर्न मद्दत गर्छ ।
– स्मरण शक्ति बलियो बनाउन र तनाव नियन्त्रण गर्न, निद्रा धेरै महत्त्वपूर्ण छ । त्यसैले पूर्ण र गहिरो सुत्नुपर्छ । राति ७ देखि ८ घण्टा निदाउनुपर्छ ।
– मस्तिष्कलाई सक्रिय राख्न सन्तुलित आहार खानुपर्छ । पोषक तत्त्वले भरिपूर्ण सन्तुलित आहारको सेवनले मस्तिष्कको स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्छ । एन्टिअक्सिडेन्टहरू, स्वस्थ बोसो, भिटामिन र खनिजले मस्तिष्कलाई राम्रोसँग काम गर्न आवश्यक ऊर्जा र पोषण प्रदान गर्छ ।
– हरेक दिन शारीरिक गतिविधि बढाउने, शारीरिक गतिविधिले थप सतर्कता महसुस गर्न मद्दत गर्छ । साथै थकान कम गर्छ । एरोबिक व्यायामले तनावग्रस्त व्यक्तिहरूमा स्मरण शक्ति सुधार गर्न मद्दत गर्छ । साथीभाइ र नजिकका व्यक्तिहरूसँग सामाजिक सम्बन्ध कायम राख्नुपर्छ ।
– सामाजिक सम्बन्ध कायम राख्दा मस्तिष्क स्वास्थ्यमा सुधार हुन्छ । सामाजिक गतिविधिहरूमा संलग्न हुनु, मानिसहरूसँग अर्थपूर्ण कुराकानी गर्नु र सहयोगी सम्बन्धहरू निर्माण गर्नाले संज्ञानात्मक कार्य बढाउन सक्छ, जसले मस्तिष्कको उत्पादकतामा सुधार गर्छ ।
– नियमित स्वास्थ्य परीक्षण पनि महत्त्वपूर्ण छ । नियमित स्वास्थ्य जाँच गराउँदा मस्तिष्क स्वास्थ्यलाई असर गर्ने अवस्थाहरू पत्ता लगाउन र व्यवस्थापन गर्न मद्दत गर्न सकिन्छ ।
प्रतिक्रिया 4