+

प्रि-डाइबेटिजलाई हल्का रुपमा नलिऔं

२०८१ कात्तिक  २६ गते १२:४४ २०८१ कात्तिक २६ गते १२:४४
प्रि-डाइबेटिजलाई हल्का रुपमा नलिऔं

मधुमेह मेटाबोलिक डिसअर्डर हो जसमा बिरामीको रगतमा ग्लुकोजको मात्रा धेरै हुन्छ । मधुमेहले शरीरका धेरै अङ्गहरूमा प्रतिकूल प्रभाव पार्छ, त्यसैले यस रोगबाट बच्नु धेरै महत्त्वपूर्ण छ ।

मधुमेहबाट बच्न हामीले स्वस्थ जीवनशैली अपनाउनुपर्छ । यसबाहेक तनावबाट टाढा रहँदा पनि मधुमेहबाट बच्न सकिन्छ । मधुमेह अचानक लाग्दैन, हाम्रो शरीरले यो भन्दा पहिले नै केही सङ्केत दिन थाल्छ र यो अवस्थालाई प्रि-डाइबेटिज भनिन्छ ।

प्रि–डाइबेटिजमा चिनीको मात्रा सामान्यभन्दा अलि बढी हुन्छ । यस्तो अवस्थामा यसलाई मधुमेह भन्न मिल्दैन । तर यो मधुमेह भन्दा खतरनाक हुनसक्छ । यस्तो अवस्थामा प्रि–डाइबेटिजको बारेमा सही जानकारी हुनु धेरै महत्त्वपूर्ण छ, ताकि यसलाई अगाडि बढ्नबाट रोक्न सकिन्छ ।

के हो प्रि–डाइबेटिज ?

मानिसको रगतमा सुगरको मात्रा सामान्य भन्दा केही बढी मात्रामा भएमा त्यसलाई प्रि-डाइबेटिज भनिन्छ र यो अवस्थामा डाइबेटिज पहिचान भने भइसकेको हुँदैन ।

प्रि–डाइबेटिजले मधुमेहको सुरुवातलाई जनाउँछ । यस्तो अवस्थामा यसलाई हल्का रूपमा लिनु हुँदैन । परीक्षण गरेर हेर्दा खाना खानुभन्दा पहिले सुगरको लेबल १०० देखि १२५ र खाना खाएपछि जाँच गर्दा १४६ देखि १९९ सम्मको अवस्थालाई प्रि–डाइबेटिज अवस्था भनिन्छ । यसैगरी एचबीएवानसी ५.६ देखि ६.४ को बीचमा आएमा प्रि–डाइबेटिज भएको मानिन्छ ।

प्रि–डाइबेटिजको लक्षण

प्रि–डाइबेटिजेको बारेमा धेरैलाई थाहा छैन तर यो भएपछि शरीरमा धेरै प्रकारका लक्षण देखिन थाल्छन् जुन निम्नानुसार छन् ।

– बारम्बार पिसाब लाग्ने

– थकान महसुस हुने

– तौल बढ्ने

– धेरै भोक लागेको महसुस हुने

– पानी पिएपछि पनि फेरि तिर्खा लाग्ने

– दृष्टि कमजोर हुने

– अत्यधिक पसिना आउने वा खुट्टा सुन्निने

-रिङ्गटा लाग्ने

– रक्तचाप बढ्ने

– प्रि–डाइबेटिजको कारण

शरीरमा इन्सुलिन हर्मोन सन्तुलित नहुँदा व्यक्तिलाई मधुमेह हुन्छ । यसबाहेक जब शरीरले इन्सुलिन उत्पादन गर्न वा प्रयोग गर्न असमर्थ हुन्छ तब यो इन्सुलिन प्रतिरोधी हुन्छ । यी दुवै अवस्थामा ग्लुकोजको मात्रा बढिरहन्छ जसले गर्दा प्रि–डाइबेटिज हुन्छ । त्यसपछि व्यक्तिलाई मधुमेह हुन्छ ।

प्रि–डाइबेटिज हुनुमा खराब जीवनशैली जस्ता धेरै कारण हुनसक्छन् । यदि कसैलाई प्रि–डाइबेटिजको  समस्या छ भने आफ्नो जीवनशैलीमा तुरुन्तै आवश्यक परिवर्तन गर्नुपर्छ ।  यसबाहेक, पारिवारिक इतिहास अर्थात् परिवारमा कसैलाई पहिले नै मधुमेह छ भने त्यसको सम्भावना बढी हुन्छ । मोटोपनले प्रि–डाइबेटिजको जोखिम पनि बढाउँछ । यस्तो अवस्थामा खानपानमा विशेष ध्यान दिनुपर्छ ।

प्रि–डाइबेटिजले अन्य रोगको जोखिम

प्रि–डाइबेटिज भएमा हृदयघात वा स्ट्रोकको सम्भावना बढ्छ । यसले रगतमा चिनीको मात्रा बढाउनुका साथै रक्तचाप र कोलेस्टेरोल पनि बढाउँछ । मुटु बाहेक यसले मिर्गौला र रक्तनलीलाई गहिरो क्षति पुर्‍याउन सक्छ ।

प्रि–डाइबेटिज कसरी पत्ता लगाउने ?

प्रि–डाइबेटिज धेरै खतरनाक साबित हुनसक्ने भएकाले यसका लक्षणहरू थाहा पाएलगत्तै व्यक्तिले आफ्नो रगत परीक्षण गराउनुपर्छ । यदि ३० वर्ष भन्दा माथिको हुनुहुन्छ र परिवारमा पहिलेदेखि नै मधुमेह छ भने मधुमेहको परीक्षण गराउनुपर्छ ।

प्रि–डाइबेटिजको जोखिम कसलाई बढी ?

अधिक तौल भएका व्यक्तिलाई प्रि–डाइबिटिज हुने जोखिम बढी हुन्छ । साथै पीसीओडी समस्या भएमा पनि हुनसक्छ ।

ध्यान दिनुपर्ने कुरा

प्रि–डाइबेटिज अवस्था भनेको रोग लाग्नु भन्दा अघिको अवस्था हो । त्यसैले धेरै आत्तिहाल्नु पर्दैन । तर यसलाई नियन्त्रण कसरी गर्ने भन्नेमा भने सचेत हुनुपर्छ । मोटोपन भए विस्तारै वजन कम गर्दै लैजानुपर्छ । दैनिक व्यायाम गर्ने, स्वस्थकर खाना खाने गरेमा प्रि-डाइबेटिज नियन्त्रण हुन्छ ।

एजेन्सीको सहयोगमा

प्रि-डाइबेटिज मधुमेह
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली