+
+
Shares

विपद् व्यवस्थापनबारे प्रदेशका मन्त्रीसँग गृहमन्त्रीले गरे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ६ गते १३:३६

६ असार, काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीसँग छलफल गरेका छन् ।

मनसुन सुरु भएसँगै सुरु भएको विपद्को‌ विषयमा छलफल केन्द्रित रहेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले अनलाइनखबरलाई बताए ।

उनका अनुसार छलफलमा मुलुकको शान्ति सुरक्षाको स्थिति, कोभिड-१९ संकटको व्यवस्थापन तथा नियन्त्रणको विषयमा पनि कुराकानी हुनेछ ।

प्रदेशका एक मन्त्रीले बताएअनुसार छलफलमा प्रहरी समायोजनको काम छिट्टै सक्न पनि गृहमन्त्री अधिकारीलाई सुझाव दिइएको छ । साथै, संघीय प्रहरी ऐन चाँडो ल्याउन पनि भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?