+
+
Shares

पहिरोका कारण बाजुराको मार्तडी-साँफेबगर सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते ११:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाजुराको मार्तडी-साँफेबगर सडक खण्डमा बडीमालिका नगरपालिका-९, ८ र ६ का विभिन्न स्थानमा गएराति पहिरो खसेपछि आवागमन अवरुद्ध भएको छ।
  • प्रहरीका अनुसार कारागार मोड, विनोद स्मृति प्रतिक्षालय, सेलागाड, सुवाकाँध, राप्का र जडाङ्गामा पहिरो खसेको छ।
  • सडक विभागको उपकरण प्रयोग गरेर पहिरो हटाई सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ।

२१ काठमाडौं । ठाउँ-ठाउँमा पहिरो खसेका कारण बाजुराको मार्तडी-साँफेबगर सडक खण्ड अवरुद्ध बनेको छ ।

बडीमालिका नगरपालिका- वडा नम्बर ९, ८ र ६ का विभिन्न स्थानमा गएराति पहिरो खसेका कारण सो सडक खण्ड अवरुद्ध बनेको बाजुरा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बडीमालिका नगरपालिका-९ स्थित कारागार मोड, विनोद स्मृति प्रतिक्षालय, सेलागाड, सुवाकाँध, वडा नम्बर ८ को राप्का र वडा नम्बर ६ को जडाङ्गा लगायतका स्थानहरूमा पहिरो खसेको छ ।

सडक विभागको उपकरण प्रयोग गरी पहिरो हटाएर सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?