+
+
Shares

पहिरोले बाजुराको बडीमालिकामा सात घर-गोठमा क्षति

बाजुराको बडीमालिका नगरपालिकामा अविरल वर्षापछि पहिरो खस्दा सात वटा घर-गोठमा क्षति पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १०:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाजुराको बडीमालिका नगरपालिका-८ र ९ मा अविरल वर्षापछि खसेको पहिरोले सात वटा घर-गोठमा क्षति पुर्‍याएको छ।
  • जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार नरे रावल, करे थापा र दिपक बिकको घर तथा चार जनाको गोठमा क्षति पुगेको छ।
  • पहिरोले खाद्यान्न, लत्ताकपडा र पशुचौपायमा पनि क्षति गरेको प्रहरीले जनाएको छ।

२१ भदौ, काठमाडौं । बाजुराको बडीमालिका नगरपालिकामा अविरल वर्षापछि पहिरो खस्दा सात वटा घर-गोठमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुरका अनुसार गए राति ८ बजेदेखि परेको अविरल वर्षापछि माथिबाट पहिरो खस्दा बडीमालिका नगरपालिका-८ कोठ्याराका नरे रावल, वडा नम्बर ९  का करे थापा र दिपक बिकको घरमा क्षति पुगेको छ ।

पहिरोले वडा नम्बर-९ का मोती ओखेडा, धनबहादुर बिक, जंग ओखेडा र तुले लुहारको गोठमा क्षति पुगेको छ ।

घर तथा गोठमा पहिरो खस्दा खाद्यान्न, लत्ताकपडा तथा पशुचौपायमा क्षति गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?