Comments Add Comment

थप २,४४२ जनामा कोरोना संक्रमण, ५१ जनाको मृत्यु

६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार संक्रमणदर २१.३ प्रतिशत छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्त भएका छन् भने ५१ जनाको मृत्यु भएको छ ।

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४५०, बागलुङमा २२२, ललितपुरमा ७३ जना, मोरङमा ६६, कास्कीमा ५७ , सिन्धुपाल्चोकमा ५२ जनामा कोराना संक्रमण देखिएको छ ।

यस्तै म्याग्दीमा ४४, धादिङमा ४२, पर्वतमा ३७, नुवाकोटमा २९, झापामा २८, भक्तपुर र रुपन्देहीमा २५/२५ जना, सुनसरीमा २४ र सिरहामा २० जना कोरोना संक्रमित थपिएको छ ।

काभ्रेपलाञ्चोकमा १४, धनुषामा १३, कैलालीमा १२, सप्तरी र मकवानपुरमा ११/११ जना र तनहुँमा १० जनामा कोरोना संक्रमित थपिएको छ ।

यस्तै बर्दियामा ९, अछाममा ८, कपिलवस्तु, पाल्पा र कञ्‍चनपुरमा ७/७ जना, महोत्तरी, रामेछाप र जुम्लामा ६/६ जना, उदयपुर र स्याङजामा ५/५ जना, खोटाङमा ४, संखुवासभा, सिरहा, सिन्धुली, दाङ र रोल्पामा ३/३ जना, इलाम, बारा, दोलखा, लमजुङ र प्‍युठानमा २/२ जना तथा धनकुटा, पाँचथर, चितवन, गोरखा, अर्घाखाँची, गुल्मी, जाजरकोट, दैलेख र बाजुरामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका ४६ बालबालिकमा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १६३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment