Comments Add Comment

इटलीको शतप्रतिशत जित, हारे पनि वेल्स नकआउट राउण्डमा

काठमाडौं । इटलीले युरोकप २०२० मा लगातार तीन खेल जितेको छ । आइतबार राति भएको खेलमा वेल्सलाई १-० ले पराजित गर्दै इटली शतप्रतिशत जितसहित समूह ए को विजेता बनेको हो ।

घरेलु मैदान रोममा इटलीका लागि ३९औँ मिनेटमा माटेओ पेसिनाले गोल गरे । ५६ औँ मिनेटमा वेल्सका एथाम अम्पाडु रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

इटलीका प्रशिक्षक रोवर्टो मान्सिनीले वेल्सविरुद्ध पहिलो रोजाइमा ८ खेलाडी परिवर्तन गरेका थिए । त्यसका बावजुत पनि इटलीले क्लिनसिट राख्दै खेल जित्यो र अपराजित यात्रालाई ३० खेलसम्म पुर्‍याएको छ ।

यसअघि नै टर्की र स्वीट्जरल्याण्डलाई समान ३-० ले पराजित गर्दै इटलीले नकआउट चरणमा स्थान पक्का गरिसेको थियो ।

वेल्सलाई पराजित गरेपछि इटली समूह ए को विजेता बनेको हो ।

वेल्स हारे पनि समूह ए को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

अर्को खेलमा स्विट्जरल्याण्डले टर्कीलाई ३-१ ले पराजित गर्दै वेल्स समान ४ अंक जोडे पनि गोल अन्तरमा वेल्स अघि रहेको हो । वेल्सले पहिलो खेलमा स्विट्जरल्यान्डसँग १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा टर्कीलाई २-० ले पराजित गरेको थियो ।

स्विट्जरल्याण्डका लागि जेर्दान शाकिरीले २६औँ र ६८औँ मिनेटमा गोल गरे भने हरपस सेफेरोभिकले छैटौं मिनेटमा गोल गरे । टर्कीका लागि इर्फान काहभेचीले ६२औँ मिनेटमा गोल गरे ।

पहिलो जित हात पारेको स्विट्जरल्याण्डले नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ तर तेस्रो हुनेमध्ये उत्कृष्ट चारमा पर्न अन्य समूहका खेलको नतिजा कुर्नुपर्नेछ ।

टर्की लगातार तीन खेल हार्दै अंकविहीन बनेर समूह चरणबाटै बाहिरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment