Comments Add Comment

इटलीको कीर्तिमान

काठमाडौं । इटलीले युरोकप फुटबलमा कीर्तिमान बनाएको छ । ११ देशमा भइरहेको १६औँ संस्करणअन्तर्गत समूह ए मा तीन खेल जित्दा इटलीले कुनै गोल बेहोरेन ।

आइतबार वेल्सलाई १-० ले पराजित गर्दै शतप्रतिशत जित हात पारेको इटलीले तीन खेलमा ७ गोल गर्दा उसको पोष्टमा भने एक गोल पनि परेन ।

यसअघि इटलीले टर्की र स्विट्जरल्यान्डलाई समान ३-० ले पराजित गरेको थियो ।

इटली युरोकपमा कुनै पनि गोल नखाइ सबै तीन खेल जित्ने पहिलो टिम बनेको छ ।

रोवर्टो मान्सिनीको प्रशिक्षणमा इटलीले पछिल्लो ११ खेलमा अपराजित रहँदै ३० गोल गर्दा कुनै गोल खाएको छैन । इटलीले सबै ११ खेल जितेको छ ।

यस्तै वेल्सलाई हराउँदै इटलीले अपराजित यात्रालाई ३० खेलसम्म पुर्‍याएको छ । यसअघिको आफ्नै कीर्तिमान बराबरी गरेको छ ।

भिटोरिओ पोजोको प्रशिक्षणमा इटली सन् १९३५ देखि १९३९ सम्म ३० खेलमा अपराजित थियो ।

इटलै अब नकआउट चरणमा समूह सी को उपविजेतासँग खेल्नेछ । नेदरल्यान्ड्स समूह सी को विजेता पक्का भइसकेकोले अब युक्रेन वा अष्ट्रियामध्ये एक टिम उपविजेता बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment