Comments Add Comment

टिपरको ठक्करबाट काँग्रेस धनकुटाका सचिव र बैंकका कर्मचारीको मृत्यु

७ असार, विराटनगर । मोरङको सुन्दरहरैचामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

आइतबार राति पौने ८ बजे भएको दुर्घटनामा धनकुटा पाख्रिबासका ५० वर्षीय कृष्णबहादुर थापा र सुनसरीको इटहरी उपमहानगरपालिका-४ का अन्दाजी ३५ वर्षीय दीपु शाहको मृत्यु भएको हो ।

थापा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव हुन् । त्यसअघि राप्रपा प्रजातान्त्रिकमा पनि जिल्ला सचिव थिए । सुनिल थापासँगै कांग्रेसमा गएका उनले कांग्रेसमा जिल्ला सचिवकै जिम्मेवारी पाएका थिए । साह बेलबारीस्थित एनएमबी बैंक शाखा कार्यालयका कर्मचारी रहेको बताइएको छ ।

दुर्घटनामा थापाका भाइ २७ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विराटनगरको विराट नर्सिङ होम रेफर गरेको छ । दुर्घटनामा परेको को३६प ५९७९ नम्बरको मोटरसाइकलका कृष्णबहादुरले चलाएका थिए ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार पूर्व-पश्चिम लोकमार्गमा पर्ने सुन्दरहरैँचा नगरपालिका-९ विराटचोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको टिपरले विपरीत दीशातर्फ आउँदै को३६प ५९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्कर दिँदा बेलबारीबाट इटहरीतर्फ आउँदै गरेको शाह सवार २९प९५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो । थापा चढेको मोटरसाइकल पनि त्यसरी नै सँगै दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा तीन जना गम्भीर घाइते भएका थिए । दुई जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति ९ः३० बजेतिर मृत्यु भएको हो ।

दुर्घटनापछि टिपरसहित त्यसका चालक फरार छन् । टिपरको नम्बर पनि खुलेको छैन । रातको समयमा तीब्र गतिमा हुइकिएको टिपरको खोजी भइरहेको प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment