Comments Add Comment

संक्रमण बढेसँगै कोरोना खोप कार्यक्रमलाई तीव्रता दिने अष्ट्रेलियाको तयारी

७ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै अष्ट्रेलियाले खोप अभियानलाई तीव्रता दिने तयारी गरेको छ । सोमबार अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले अब छिटै नै मुलुकका राज्यहरुमा ठूलो संख्यामा कोरोना खोप पठाइने बताएका हुन् ।

अष्ट्रेलियामा राज्यहरुले यसअघि नै केन्द्र सरकारलाई खोप आपूर्ति बढाउन आग्रह गरेका थिए । ‘उनीहरुले अतिरिक्त खोपहरु पाउँदैछन्, जुलाई महिनामा फाइजरबाट थप खोप आएसँगै यो संख्या अझै बढ्नेछ’, मौरिसनले भने । यद्यपि उनले कुन राज्यले कति खोप पाउँछन् भन्ने खुलाएनन् ।

अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरुले खोप कार्यक्रमले आगामी अगष्टबाट तीव्रता पाउन सक्ने बताएका छन् । अहिले अष्ट्रेलियामा फाइजर र एस्ट्राजेनेकाको दुई कोरोना खोपलाई अनुमति दिइएको छ । जसमध्ये उसले फाइजरको खोप अन्य मुलुकबाट ल्याउनुपर्छ भने एस्ट्राजेनेकाको खोप स्थानीयरुपमा नै उत्पादन गर्दै आएको छ ।

अधिकारीहरुका अनुसार यसै महिनामा अष्ट्रेलियामा फाइजरको २३ लाख डोज खोप आउनेछ भने आगामी महिनामा ३४ लाख डोज खोप आउन सक्ने अनुमान छ । अहिलेसम्म अष्ट्रेलियामा समग्रमा ६५ लाख डोज कोरोना खोप मानिसहरुलाई लगाइसकिएको छ । अष्ट्रेलियाका चार प्रतिशत मानिसले मात्र कोरोना खोपको पूरा डोज पाएका छन् । कम्तीमा एक डोज खोप पाउनेको संख्या २५ प्रतिशतभन्दा धेरै छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment