Comments Add Comment

६४ जिल्लामा फैलियो अमेरिकी फौजी किराको प्रकोप

नियन्त्रण गर्न असहज

७ असार, काठमाडौं । देशभरका ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । खेत र बारीको मकै बाली नष्ट गर्ने उक्त किराको प्रकोपबाट किसानहरु पिडित भइरहँदा नियन्त्रणकारी निकायले भने फौजी किराको आतंकविरुद्ध लड्न प्रशस्त सूचना र तथ्याङ्क अभाव भएको बताएका छन् ।

केही समयअघिसम्म खेतको मकैलाई क्षति पुर्‍याएको फैजी किरा अहिले देशभरको ६४ जिल्लामा फैलिएको जानकारी आएको प्लान्ट क्वरेन्टिाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

किरा फैलिएको जिल्ला मोटामोटी जानकारीमा आए पनि त्यसको अवस्था र क्षतिबारे कुनै विवरण तल्ला निकायबाट प्राप्त नभएको केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।

‘किरा फैलिएको नोटिसमा छ, किराविरुद्ध लड्न विषादी योजना बनाउने हामीले हो, तर कसैले विवरण पठाउँदैनन,’ प्रवक्ता सुवेदीले भने ।

पटक-पटक आग्रह गर्दा पनि प्रदेश र स्थानीय तहबाट जानकारी पाउन नसकिएको उनको भनाइ छ । मुलुक संघीय संरचनामा गएपछि कृषिका कार्यालयहरु प्रदेश र स्थानीय तहमा समायोजन गरिएको र उनीहरुबाट कुनै तथ्याङ्क प्राप्त नभएको केन्द्रले जनाएको छ ।

खेतको मकै उम्रिने बतिक्कै तथा डेढ फिट उचाइको हुँदा फौजी किराको आक्रमणमा परेको र अहिले सो प्रकोप बारीको मकैमा सल्किएको सुवेदीले बताए । केही दिनको झरीले किरालाई निस्कृय बनाएको केही जिल्लाको सूचना आएपनि किराको प्रकोप भने अझै टरिनसकेको उनको भनाइ छ ।

कुन जिल्लामा कति मात्रामा यस्ता किरा फैलिएका छन र यसले पुर्‍याएको क्षति कति हो भन्ने कुनै अभिलेख आजसम्म तयार गर्न नसकिएको विभागको भनाइ छ । केन्द्रले केही ठाउँको स्थलगत अनुगमन गरेको र त्यहाँ किराहरु क्षति गर्न सक्ने अवस्थामा रहेको पाइएको प्रवक्ता सुवेदी बताउँछन् ।

स्थानीय तहले प्रदेश र प्रदेशले केन्द्रलाई सूचाना पठाएपछि बल्ल महामारीविरुद्ध लड्ने एकीकृत योजना बनाउन सकिने भए पनि फैजी किराको केशमा त्यस्तो हुन नसकेको प्रवक्ता सुवेदीले बताए ।

मकै बाली नष्ट गर्ने अमेरिकी फौजी किराको फैलावट र क्षतिबारे कुनै विवरण प्राप्त नभएको संघिय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि जनाएको छ । अघिल्लो वर्ष किराका कारण हुने क्षति अधिक रहेकामा यस पटक त्यस्तो नभएको एक अधिकारी बताउँछन् ।

तर,  कुन-कुन जिल्लामा फैजी किराको अवस्था कस्तो छ भन्ने विवरण भने मन्त्रालयमा उपलब्ध नभएको ती अधिकारीले बताए । सन् २०१९ मा नेपालमा पहिलो पटक फेला परेको अमेरिकी फैजी किराका कारण पहिलो वर्ष कुल मकै खेतीयोग्य जमिनको ३८ प्रतिशत भूभागमा किरा भेटिएको र त्यसमध्ये पनि १६ प्रशितशत क्षेत्रफलको मकै बोटैसमेत सखाप बनाएको विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

फौजी किराको फैलावट व्यापक छ भन्ने जान्न यसका लागि प्रयोग हुने विषादीको आयात उच्च भएकोबाट अनुमान गर्न सकिने विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । सप्लायर्सले फैजी किरा बिरुद्ध प्रयोग हुने विषादीको माग अधि गरेको प्रवक्ता सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment