+
+

लागूऔषधसहित त्रिभुवन विमानस्थलका प्रहरी जवान पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ७ गते १७:५५

७ असार, काठमाडौं । लागूऔषध ब्राउन सुगरसहित एक जना प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत गणेश कार्की छन् ।

लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले विशेष सूचनाको आधारमा लामो समय रेकी गरेर कार्कीलाई पक्राउ गरेको हो ।

ब्युरोका एसपी ऋषिराम कँडेलले अनलाइनखबरलाई बताएअनुसार प्रहरी वृत्त, गौशाला दरबन्दी भएका कार्की विमानस्थलमा घुमुवा प्रहरीका रुपमा कार्यरत थिए ।

‘प्लास्टिकसहित दुई ग्राम ब्राउन सुगर बरामद भएको हो’ कँडेलले भने, ‘उनी प्रयोगकर्ता र सेवनकर्ता दुवै हुन् ।’ कार्कीमाथि लागूऔषध सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?