Comments Add Comment

क्रिकेटको बन्द प्रशिक्षणमा रहने खेलाडी र अफिसियलको कोरोना परीक्षण

७ असार, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी र अफिसियलको कोरोना परिक्षण गराएको छ ।

स्पेनमा हुने त्रिकोणात्मक सिरिजको तयारीमा रहेको क्यानले सोमबार प्रशिक्षणमा रहने १९ खेलाडी र ३ अफिसियलको कोरोना परीक्षण गरिएको जनाएको छ ।

त्यसका लागि क्यानले दीर्घायु अस्पतालमा खेलाडीको स्वाब संकलन गरेको हो । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिमको बन्द प्रशिक्षण भोलिदेखि सुरु हुँदैछ ।

जुलाइमा स्पेनमा हुने सिरिजका लागि क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको छ । तर, पृथु बास्कोटा भने व्यक्तिगत कारण देखाएर प्रशिक्षणमा सहभागी नहुने भएको क्यानले जनाएको छ ।

लिग-२  अन्तर्गत नेपालले यसअघि २०२० फेब्रुअरीमा घरेलु मैदानमा ओमान र अमेरिकासँग सिरिज खेलेको थियो । नेपाल ४ खेलमा ४ अंक जोडेको छ नेपाल छैटौं स्थानमा  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment