Comments Add Comment

महामारी होस् या बाढी पहिरोः मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ खुबै भेटिन्छ ।

अझ, चलचित्रकर्मी त प्रचारका लोभी हुन्छन् । सामाजिक कार्यलाई प्रचार गरेर मिडियामा तारिफ पाउन उनीहरु सधै लालयित हुन्छन् । तर, कलाकारले गर्ने सामाजिक कार्य अरुका लागि पनि प्रेरणादायी हुने भएकाले उनीहरुको सक्रियताको ठूलो अर्थ राख्छ ।

चलचित्र रिलिजको बेलामा दर्शकलाई ‘भगवान’ भन्दै हलसम्म आउन नमस्कार गर्ने चलचित्रकर्मी तीनै दर्शकलाई आपत्त पर्दा कती सक्रिय हुन्छन् ? यसले पनि अर्थ राख्छ ।
नेपालले विगत डेढ बर्षदेखि कोरोनाको महामारी भोगिरहेको छ । केही दिन अगाडि मात्र बाढी पहिरोका कारण देशका धेरै ठाउँका मानिसहरु समस्यामा परेका छन् । यस्तो समयमा नेपाली चलचित्र क्षेत्रका चलचित्रकर्मीले देखाएको सक्रियता प्रशंसायोग्य छ ।

अक्सिन अभावमा अक्सिन संकलन र वितरणमा सक्रियतादेखि खानेकुरा वितरण, बाढी प्रभावितलाई सहयोग वितरणमा कलाकारको सक्रियता देखियो । चलचित्र क्षेत्रमै रहेर समस्यामा परेका प्राविधिकरुलाई आर्थिकदेखि खाद्यन्न सहयोगमा पनि थुप्रै कलाकार सक्रिय रुपमा लागे ।

तर, नेपाली चलचित्र क्षेत्रका केही स्टार कलाकारको मौनता महामारीमा पनि उदेकलाग्दो देखियो । दर्शकले नै स्टार बनाएका कलाकारहरुले भौतिक रुपमा आफ्नो उपस्थिती त यो समयमा बनाउन सकेनन् नै, सामाजिक संजालमा पनि उनीहरुले यो बिषयलाई खासै महत्व नदेखिएको देखियो । कुनै पनि बिषयमा आवाज उठाउनेदेखि महामारी र बाढी पहिरोको समयमा दर्शकलाई आफू भएको महशुश गराउन धेरै स्टारहरु चुके ।

नायक अनमोल केसीलाई चलचित्र क्षेत्रले ‘मेगास्टार’ भन्ने गरेको छ । नेपाली चलचित्रमा सर्वाधिक महंगो पारिश्रमिक लिने नायक हुन् उनी । तर, महामारी, लकडाउन, बाढी पहिरोको समयमा पनि अनमोल सामाजिक संजाल र भौतिक रुपमा खासै सक्रिय देखिएनन् । बरु, उनी सामाजिक संजालमा विभिन्न विज्ञापनका पोष्टहरु राख्दै प्रमोशनमा नै सक्रिय देखिए । चलचित्र प्राविधिकहरुलाई राहत वितरणमा थुप्रै कलाकार सक्रिय रहँदा उनी यसमा पहिलो चरणको लकडाउन र दोश्रो चरणको निषेधाज्ञामा पनि मौन नै रहे ।

नायक प्रदिप खड्काको सक्रियता पनि यो पाटोमा खासै देखिएन । नेपाली चलचित्र सर्वाधिक महंगो पारिश्रमिक लिने अर्का नायक हुन् प्रदिप । चलचित्र ‘प्रकाश’को छायांकन सकेर काठमाण्डौ फर्किएको भोलीपल्ट नै निषेधाज्ञा भएपछि प्रदिप पनि घरमै रहे । तर, उनको सक्रियता न त सामाजिक संजाल न त भौतिक रुपमा नै देखियो । नेपाली चलचित्र क्षेत्रमा ‘स्टार’ नायक भनिने गरेका प्रदिपको मौनता पनि उदेकलाग्दो नै थियो ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि यो समयमा मौन नै रहिन् । सामाजिक संजालबाट अनलाइन कपडा विक्री गर्दै आएकी साम्राज्ञीको यो समयमा पहिरनकै प्रमोशनका तस्वीर बढी देखियो । भौतिक रुपमा कुनै पनि समयमा सक्रिय नदेखिएकी यी नायिकाले सामाजिक संजालबाट जनचेतना जगाउने, कुनै पनि बिषयमा आवाज उठाउने गरेको खासै पाइदैन । उनी, नेपाली चलचित्रकी सर्वाधिक महंगी नायिका हुन् ।

केही समय अगाडि कमेडियन आदर्श मिश्राले नेपाली कलाकारले विज्ञापनको प्रमोशनका लागि सामाजिक संजाललाई प्रशस्त समय खर्च गरेपनि कुनै पनि सामाजिक मुद्दामा एउटा पोष्ट गर्न पनि सकस मान्ने गरेको बताएका थिए । यसपटक, धेरै कलाकारबाट दर्शकले पनि यस्तै महशुश गरेका छन् ।

नेपाली चलचित्र क्षेत्रका केही कलाकार सक्रिय रुपमा सामाजिक सेवामा सक्रिय रहँदा केही ‘स्टार’ कलाकारको मौनता भने दुःखद हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment