Comments Add Comment

हाम्रो लक्ष्य कम्तीमा साफ च्याम्पियनसिपको फाइनल पुग्ने हो : अलमुताइरी

८ असार, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अबको लक्ष्य साफ च्याम्पियनसिपमा फाइनल पुग्नु रहेको बताए ।

अखिल नेपाल फुटबल संघ (एन्फा)सँगको भिडियो कुराकानीमा अलमुताइरीले अबको लक्ष्य कम्तीमा पनि साफको फाइनल पुग्ने बताएका हुन् । ‘हाम्रो लक्ष्य साफ च्याम्पियनसिप हो । कम्तीमा साफको फाइनल पुग्ने हो । यो धेरै राम्रो हुनेछ किनकि यो इतिहासमै पहिलो पटक हुनेछ,’ अलमुताइरीले भने ।

अलमुताइरीले सेप्टेम्बरमा बंगलादेशमा हुने भनिएको साफ च्याम्पियसप र एएफसी एसियन कपको अन्तिम चरणको छनोटलाई लक्षित गर्दै मंगलबार मात्रै ५० खेलाडीलाई क्लोज क्याम्पका लागि बोलाएका छन् । क्याम्प यही असार १६ गतेदेखि सुरु हुनेछ ।

कोरोनाका कारण साफ हुने नहुने अन्तिम निर्णय भएको छैन । तर अलमुताइरीले केही सातामा यसको निर्णय हुने समेत बताएका छन् ।

यदि साफ च्याम्पियनसिप सेप्टेम्बरमा नभएमा नेपालले मैत्रीपूर्ण खेल खेल्नेबारे कुरा भएको जानकारी एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाबाट पाएको उनले बताए ।

छनोट गरिएका ५० खेलाडीलाई दुई समूहमा विभाजन गरेर बिहान १० बजे र दिउँसो ४ बजे प्रशिक्षण दिने पनि उनले जानकारी दिए ।

नेपाल अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा समेत पुग्न सकेको छैन ।

कतार फुटबल संघको सहयोगमा गत चैतमा नेपाल आएका अलमुताइरीको प्रशिक्षणमा नेपालले विश्वकप र एसिया कप क्वालिफायरको ३ खेल खेलिसकेको छ । त्यसअघि नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उनको प्रशिक्षणमा नेपालले यी चार खेलमा राम्रो खेलेको थियो ।

अलमुताइरीले नेपालको खेल्ने शैली र मानसिकतामा समेत परिवर्तन गराएका छन् । यसअघि गोल गर्न संघर्ष गर्दै आएको नेपालले यस पटक इराक जस्तो बलियो टिमविरुद्ध पराजित भए पनि २ गोल गरेको थियो । यस्तै चाइनिज ताइपेईलाई २–० ले हरायो । नेपालले चार खेलमा ४ गोल ग¥यो भने कुल १२ गोल बेहोर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

हेपिएको हेलम्बु

Advertisment