Comments Add Comment

भारतमा कोरोना संक्रमित संख्या तीन करोड नाघ्यो

९ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड २८ हजार ७०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ५० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।

यस्तै भारतमा अहिलेसम्म कोरोनाको संक्रमणको कारण ३ लाख ९० हजार ६६० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण १ हजार ३५८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भारतको केरलामा कोरोनाका नयाँ संक्रमितको संख्या १२ हजारभन्दा बढी देखिएको छ भने महाराष्ट्रमा ८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

यस्तै तामिलनाडुमा पनि नयाँ संक्रमितको संख्या ६ हजारभन्दा बढी छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ६ लाख ४३ हजारमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment