+
+

रोल्पामा पहिरोले घर भत्काउँदा एकै परिवारका ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ९ गते १२:३५

९ असार, काठमाडौं । रोल्पामा पहिरोले घर भत्काउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ८६ वर्षीया कर्मिता बुढा, १६ वर्षीया श्यामकला बुढा र १८ वर्षीया सुशीला बुढा छन् ।

रोल्पा नगरपालिकाको हुमामा मंगलबार राति आएको पहिरोले दुई तले घर पुर्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेश सुवेदीले अनलाइनखबरलाई बताए ।

उनका अनुसार घटनामा टीका बुढामगर घाइते छन् । पहिरोका कारण सडक अवरुद्ध भएकाले उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बुटवलस्थित अस्पतालमा लैजाने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?