Comments Add Comment

पौडेलले बोलाए आफूनिकट केन्द्रीय सदस्यको बैठक

९ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । १४ औं महाधिवेशनका लागि सभापति शेरबहादुर देउवाले तयारी तीव्र पारेपछि नेता पौडेलले पनि आफूनिकट नेताहरुको बैठक बोलाएका हुन् ।

बैठक बिहीबार दिउँसो दुई बजे बस्ने पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए । उनका अनुसार महाधिवेशनका बारेमा छलफल गर्न नेताहरुलाई बोलाइएको हो ।

कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका अनुमोदन गरिसकेको छ । सभापति देउवाले आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यहरुसँग महाधिवेशनका बारेमा छलफल गरिसकेका छन् । देउवाले आफू सभापतिमा दोहोरिने भन्दै सहयोगका लागि आग्रह गरेका हुन् ।

संस्थापन समूहमै रहेका उपसभापति विमलेन्द्र निधिले पनि नेतृत्वको दौड सुरु गरिसकेका छन् । उनले सभापति पदका आकांक्षी महामन्त्री डा. शशांक कोइराला र  प्रकाशमान सिंहसँग आफ्नो उम्मेदवारीका विषयमा छलफल गरेका छन् भने संस्थापनइतरकै केन्द्रीय सदस्यसँग पनि छलफल गरिसकेका छन् ।

नेतृत्वका लागि इच्छा राखेका नेता पौडेलले पनि आफ्नो सक्रियता बढाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment