Comments Add Comment

न्युजिल्याण्डले जित्यो वर्ल्ड टेष्ट च्याम्पियनसिपको उपाधि

९ असार, काठमाडौं । पहिलो पटक आयोजना भएको आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डले जितेको छ ।

इंग्ल्याण्डको साउथह्याम्पटनमा रिभर्ज डेमा छिनोफानो भएको खेलमा न्युजिल्याण्डले भारतलाई ८ विकेटले पराजित गर्‍यो ।

भारतले दिएको १३९ रनको लक्ष्य न्युजिल्याण्डले ४५.५ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो ।

न्युजिल्याण्डका लागि कप्तान केन विलियमसनले अविजित रहँदै सर्वाधिक ५२ रन बनाए । उनी यस फाइनलमा अर्धशतक हान्ने दोस्रो खेलाडी बने । यसअघि पहिलो इनिङ्समा न्युजिल्याण्डकै डेभोन कनवेले अर्धशतक प्रहार गरेका थिए ।

यस्तै रोस टेलरले अविजित ५२ रन जोडे । ओपनर कनवे १९ र टम लाथम ९ रन बनाएर बउट भए । भारतका रविचन्द्रन आश्विनले २ विकेट लिए ।

त्यसअई न्युजिल्याण्डका बलरहरुले उत्कष्ट प्रदर्शन गर्दा भात दोस्रो इनिङ्समा भारत १७० रनमा अलआउट भएको थियो । भारतका लागि ऋषव पन्तले सर्वाधिक ४१ रन बनाउँदा रोहित शर्माले ३० रन बनाए ।

यस्तै रवीन्द्र जडेजाले १६, अजिन्का रहाणे र चेतेश्वर पुजाराले समान १५, कप्तान विराट कोहली र मोहमद शामीले समान १३ रन जोडे ।

न्युजिल्याण्डका टिम साउथीले सर्वाधिक ४ विकेट लिए । यस्तै ट्रेण्ड बोल्टले ३, केली जेमिसनले २ र निल वेगनरले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङ्समा २१७ रन जोड्दै अलआउट भएको थियो । पहिलो इनिङ्समा न्युजिल्याण्ड पनि २४९ रन जोड्दै अलआउट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment