Comments Add Comment

युरोकपको नकआउट समीकरण पूरा, बेल्जियम र पोर्चुगल तथा जर्मनी र इंग्ल्याण्ड अन्तिम १६ मै भिड्ने

१० असार, काठमाडौं । समूह चरणका खेलहरु समाप्त भएपछि युरोकप २०२० को नकआउट समीकरण पूरा भएको छ । बुधबार राति  भएको समूह ‘इ; र ;एफ’को खेलपछि नकआउट पुग्ने १६ टोलीकै टुङ्गो लागेको हो ।

समूह ‘ई’ बाट स्वीडेन समूह विजेता र स्पेन समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगे ।

समूह ‘एफ’बाट फ्रान्स समूह विजेता र जर्मनी समूह उपविजेता बन्दै छनोट हुँदा पोर्चुगल पनि तेस्रो मध्ये उत्कृष्ट हुँदै नकआउटमा पुगेको छ ।

यसअघि नै समूह ‘ए’ बाट इटली र वेल्स, समूह ‘बी’ बेल्जियम र डेनमार्क, समूह ‘सी’ बाट नेदरल्याण्ड्स र अष्ट्रिया तथा समूह ‘डी’ बाट इंग्ल्याण्ड र क्रोएसिया अन्तिम १६ मा प्रवेश गरिसकेका छन् ।

यस्तै तेस्रो हुने मध्येबाट स्विट्जरल्याण्ड, चेक रिपब्लिक, युक्रेन र पोर्चुगल पनि अन्तिम १६ मा प्रवेश गरेका छन् ।

साविक विजेता पोर्चुगलले अन्तिम १६ मा विश्व नम्बर बेल्जियमसँग खेल्नेछ भने पूर्व च्याम्पियन जर्मनीले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

उपाधि दाबेदार टिमहरु पोर्चुगल, बेल्जियमसँगै इटली, फ्रान्स र स्पेन एउटा पुलमा छन् । यी टिमहरु मध्ये एक टिम मात्र फाइनलमा पुग्नेछन् । यस्तै जर्मनी, इंग्ल्याण्ड, नेदरल्याण्ड्स अर्को पुलमा छन्।

अब प्रिक्वाटरफाइनलका खेलहरु दुई दिनपछि अर्थात शनिबारदेखि सुरु हुनेछन् ।

अन्तिम १६ मा को को भिड्नेछन् ?

वेल्स भर्सेल डेनमार्क – असार १२ गते
इटली भर्सेस अष्ट्रिया – असार १२ गते

नेदरल्याण्ड्स भर्सेस चेक रिपब्लिक – असार १३ गते
बेल्जियम भर्सेस पोर्चुगल असार – १३ गते

क्रोएसिया भर्सेस स्पेन – असार १४ गते
फ्रान्स भर्सेस स्विट्जरल्याण्ड – असार १४ गते

इंग्ल्याण्ड भर्सेस जर्मनी – असार १५ गते
स्वीडेन भर्सेस युक्रेन – असार १५ गते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment